२८ माघ २०७२, बिहीबार

पथरी (मोरङ) । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सुशील कोइराला इमान्दार, शालिन र सरल नेता भएको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले कोइरालाको निधनले समग्र देश शोकाकुल बनेको बताउँदै कोइराला निस्वार्थी, सधै देश र जनताका लागि मरिमेट्ने व्यक्तित्व भएको उल्लेख गरे ।

Mahanta_Thakur-1_-_Copy

उनले प्रधानमन्त्री हुँदासमेत आफ्नो व्यक्तिगत स्वार्थलाई पन्छाएर देश र जनताका लागि काम गरेको चर्चा गर्दै कोइरालाको योगदानलाई मुलुकले भुल्नै नसक्ने विचार व्यक्त गरे । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV