२८ माघ २०७२, बिहीबार

 

काठमाडौं । नेपाल र भारतका जलश्रोत अधिकारीहरुले बुधबार बिहारको पटनामा सम्पन्न ‘कोसी-गण्डक संयुक्त आयोग’को बैठकले दुवै सन्धिबमोजिम नेपालले पाउने पानीको ग्यारेन्टी, डुबान-कटान समस्या निराकरण र नदी नियन्त्रण गर्ने सहमति भएको छ ।

Koshi

नेपाली पक्षको नेतृत्व गरेका सिँचाइ विभागका महानिर्देशक रामानन्दप्रसाद यालवका अनुसार दुवै सन्धि भएयता नेपालले नपाइरहेको पानी यसै सिजनदेखि पाउने गरी भारतले सुनिश्चि गरेको आजको अन्नपूर्णमा समाचार छ ।

भारतले कोसीको पश्चिम नहरअनतर्गत ११ हजार हेक्टर सिँचाइ हुने र गण्डकको पश्चिी नहर नेपाल खण्डमा सन्धिअनुसार निर्बाध पनी बहावको ग्यारेन्टी गरेको हो ।

 

LIVE TV