२८ माघ २०७२, बिहीबार

काठमाडौं । भक्तपुरका किसानले व्यवसायिक  तरकारी खेतीमा सर्वाधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ ।

बजारमा बिक्री गर्न लगाइएका तरकारीमा यहाँका किसानले विषदी प्रयोग गर्ने गरेका आजको अन्नपूर्णमा समाचार छ । जिल्ला कृषि विकास कार्यालय भक्तपुरका अनुसारमा भक्तपसरमा प्रयोग हुने विषदीमध्ये ८५ प्रतिशत तरकारी बखेतीमा प्रयोग हुने गरेको छ ।

vegitable

भक्तपुरमा उत्पादन भएको तरकारीको ९०प्रतिशतभन्दा बढी काठमाडौंमा बिक्री हुँदै आएको छ । कार्यालायकी प्रमुख पूर्ण ढुंगानाले व्यवसायिक तरकारीमा ८५ र बाँकी आलू, धान गहँुलगायतमा प्रयोग हुने बताइन् ।

उनले रासायनिक विषदीले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकाले यसको प्रयोग न्यस्नीकरण अभियान नै थाले पनि उल्लेखनिय उपलव्धि नभएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV