२८ माघ २०७२, बिहीबार

काठमाडौं । सेयर लगानीकर्ताले नगद लाभांश रकम अब आफ्नै बैंक खातामा पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुलाई लगानीकर्ताले पाउने नगद लाभांश रकम उनीहरुकै बैंक खातामा राख्ने गरी निर्देशन दिएको आजको कारोबारमा समाचार छ ।

share

‘लाभांश वितरण गर्ने कम्पनीलाई सेयरधनीको नाम, खाता नम्बर, पाउने लाभांश र कुल रकमको चेकसहितको विवरण लगानीकर्ताको खाता रहेको बैंकमा पठाउने गरी निर्देशन दिन्छौं,’ बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले भने, ‘यससँगै लगानीकर्ताले आफ्नो लाभांश सहज पाउनेछन् ।

सीडीउस प्रणालीको पूर्णताको लागि भन्दै बोर्डले यसअघि बोनस तथा हदप्रद सेयरलाई पनि लगानीकर्ताको डिम्याट एकाउन्टमा राख्न निर्देशन दिइसकको छ ।

 

LIVE TV