
हेटौंडा – ‘बोक्सो’ आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलाएर हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका ८ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले भेदा बूढाको आरोपमा घरभित्रै पेट्रोल छर्किएर जलाएका हुन् । कृष्णबहादुरको जिउ चिलाउने र राता खटिरा आउने समस्या थियो । वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।