२८ माघ २०७२, बिहीबार

रिया भण्डारी
स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै चलेको होइन । मान्छे स्वस्थ हुनका लागि उसको तन र मन दुवै स्वस्थ हुनुपर्छ। स्वस्थ व्यक्तिको क्रियाकलाप सहज सामान्य र निर्णय क्षमता पनि राम्रो हुन्छ। देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरू शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुन झनै आवश्यक छ नै । नेताको स्वास्थ्यसंग देश र जनताको स्वास्थ्य नै गासिएको हुन्छ समेत भनिन्छ । एउटा स्वस्थ्य र सकारात्मक सोंच भएको व्यक्तिबाट हुने निर्णय सकारात्मक नै हुने अपेक्षा गरिनु अन्यथा होइन पनि ।

susil-ramchandra-deuba
ढल्किँदो उमेरका अधिकांश शीर्ष नेतालाई कुनै न कुनै रोगले गाँजेको छ। चिकित्सकहरुले पनि पछिल्लो नेतृत्वको स्वास्थ्य स्थितिप्रति बिशेष चासो देखाउदै नेताहरु लाइ स्वास्थ्य सम्बन्धि सुझाब दिंदै आएका छन् ।
१. प्रधानमन्त्री केपी ओली
सात वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। पछिल्लो समय सेवन गरिरहेका विभिन्न औषधिका कारण सुगरको मात्रा बढेर बेला बेला मा दुख दिरहन्छ (शरीरलाई शक्ति दिने स्टोरोयडसहित)का साथै उनी सुगर, पायल्स र उच्च रक्तचापको औषधिसमेत नियमित खाइरहेका छन्। उनलाई राति आँखा नदेख्ने समस्या पनि छ। मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्ने र संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन ओलीलाई चिकित्सकले सुझाव दिएका छन्।
२. झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले
रतन्धोको समस्या भएका झलनाथ खनाल रातको समयमा सहयोगीबिना हिँडडुल पनि गर्न सक्दैनन ्। विद्यार्थी राजनीति गर्दा नै खनाललाई टीबी भएको थियो। उपचारपछि टीबी त निको भयो तर त्यसको ’साइडइफेक्ट’का रूपमा उनलाई आँखा नदेख्ने रोगले गाँजेको उनका निकटहरू बताउँछन्। खनाललाई मुटुको पनि समस्या छ। उच्च रक्तचापका कारण कहिलेकाहीँ मुटुमा समस्या देखिन थालेपछि उनी नियमित चेकजाँच गराउँछन् । उनलाई मिर्गौला र प्रोस्टेटको समस्या पनि देखिन थालेको छ भने जीब्रोले पाउने स्वाद पनि गुमाएको वताइन्छ ।
३.पुष्पकमल दाहाल, अध्यक्ष, एनेकपा माओवादी
प्रचण्डलाई उच्च रक्तचाप र मधुमेहको समस्या छ। चिकित्सकहरूकोे सल्लाहअनुसार उनी नियमित औषधि सेवन गरिरहेका छन्। हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले रक्तचाप र सुगर दुवै नियन्त्रणमा रहेका उनी निकटहरू बताउँछन्। दाहाल डा. दामोदार गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन्।
४.शेरबहादुर देउवा, वरिष्ठ नेता, नेपाली कांग्रेस
पेट र उच्च रक्तचापको समस्याबाट शेरबहादुर देउवा लामो समयदेखि पीडित छन्। सिंगापुरमा पेटको नियमित परीक्षण गराउन जाने गरेका छन्। पेटमा समस्या देएिपछि चुरोट पिउन छोडेका छन्।
५.रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्या छ उनलाई। यूरिक एसिडका कारण कहिलेकाहीँ खुट्टाको पनि समस्या देखिने गरेको छ। उनी निकट स्रोतका अनुसार अहिले युरिक एसिड नियन्त्रणमा आइसकेको छ। प्रेसर र प्रोस्टेटको नियमित औषधि सेवन गरिरहेका छन् उनी। केही समयअघि पौडेलले प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए।
६.माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले
उनलाई मुटु र फोक्सोसम्बन्धी समस्या छ। उच्च रक्तचाप पनि छ उनलाई। उनले अहिले नियमित योग र व्यायाम गरिहेका छन्। निमोनिया र पिसाबमा संक्रमणसमेत देखिएपछि नेपाल केही सयमअघि लामै समय अस्पताल बसेका थिए। रोगले च्याप्न थालेपछि नेपालले खानपान र दैनिक व्यवहारमा निकै ध्यान पुर्याबउने गरेका छन्।
७.डा. बाबुराम भट्टराई, नेता, एनेकपा माओवादी
डा. भट्टराईलाई लामो समयदेखि रक्तचापको समस्या छ। रक्तचाप नियन्त्रण गर्न भट्टराईले नियमित औषधि सेवन गर्दै आएका छन्।
८.मोहन वैद्य, अध्यक्ष, नेकपा–माओवादी
मोहन वैद्यलाई दम र रक्तचापको पुरानै समस्या छ। उनी दुवै रोगको नियमित औषधि सेवन गरिरहेका छन्। उनले खानपिनमा विशेष ख्याल गर्नुपरेको छ।
अस्वस्थ भएको व्यक्तिले सरकारको नेतृत्व लिदाँ देशमा राजनीतिक अस्थिरकायम रहने चिकित्सकहरुको भनाइ छ ।

नेताहरु स्वास्थ्य हुनु पर्ने र स्वास्थ्य नेतृत्व ले देश पनि स्वास्थ्य हुने र आराम गर्नु पर्ने उमेरका नेताहरुले राजनीतिको अबधि तोकेर युवा नेतृत्वलाइ प्रोत्साहन गर्नु पर्ने चिकित्सकको भनाइ छ ।

हुन पनि अहिले अधिकांश नेताहरु लोकतान्त्रिक आन्दोलनमा धेरै पीडा यातना र जेल सजाय भोगेर आएका छन् । त्यस्को समयमा उनीहरुले न खान पाए न कुनै उचित शारीरिक व्यायाम र आराम नै । यो अवस्था रोग निम्त्याउने कारक हो पनि । तर रोगी नेताहरुले निरोगी नेताहरुका लागि अवसर दिने बाटो भने सिर्जना गर्नु पर्ने आवाज सवैतिरबाट उठेको छ ।

LIVE TV