२८ माघ २०७२, बिहीबार

झापा, पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण मुलुक सिक्किमीकरण र भुटानीकरण हुनबाट बचेको बताउनुभएको छ ।

mahesh
प्रेस चौतारी झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीको ‘चट्टानी’ अडानकै कारण नेपालीको राष्ट्रिय भावनाप्रति भारतीय शासकलाई सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले मुलुकलाई सिक्किमीकरण, भुटानीकरण वा फिजीकरण हुनबाट जोगाउन वर्तमान सरकारको सचेतताले भूमिका खेलेको छ भन्नुभयो ।

युवा सङ्घ नेपालका पूर्व अध्यक्षसमेत रहनुभएका बस्नेतले विदेशिएका ३० लाख युवाले पठाउने विप्रेषणको तुलनामा मुलुकको गार्हस्थ्य उत्पादन नबढेको भन्दै छ खर्ब व्यापार घाटा भएको अवस्थामा उत्तिकै मात्रामा आएको विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको धारणा राख्नुभयो । रासस

 

LIVE TV