२७ माघ २०७२, बुधबार

दक्षिण अमेरिकामा प्रकोपकै रुपमा फैलिएको जिका भाइरसका संक्रमित चीनमा पनि फेला परेको छ । दक्षिण अमेरिकाबाट फर्किएका एक ३४ बर्षिय व्यक्तिमा जिका भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले पुष्टी गरेका छन् ।

ZIKA VIRUS

चीनमा जिका भाइरस संक्रमण पुष्टी भएको यो पहिलो घटना हो । चीनको केन्द्रीय स्वास्थ्य तथा परिवार योजना आयोगका अनुसार जिआन्छी प्रान्तको गान्छियानका बासिन्दा रहेका ती व्यक्तिमा दक्षिण अमेरिका भ्रमणका क्रममा उक्त भाइरस संक्रमण भएको हो । लामुखट्टेबाट फैलने यो भाइरसको संक्रमण चिसो मौसम भएकाले अन्यत्र फैलन नसक्ने भो चिनीयाँ अधिकारीहरुले दाबी गरेका छन् । संक्रमित ती व्यक्ति भेनेजुएला भ्रमणमा रहेका बेला यो भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आउने र रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएको थियो ।
अहिले उनको उपचार भइरहेको सिन्ह्वा न्युजले जनाएको छ । यसअघि अमेरिकाको एक व्यक्तिमा पनि यौन सम्पर्कबाट जिका भाइरसको संक्रमण सरेको पुष्टि भएको थियो ।

LIVE TV