२७ माघ २०७२, बुधबार

पाचन प्रणली तथा नसा सम्बन्धि गम्भिर समस्याका कारण करीब दुई सातायता बरिष्ठ संगितकार उपचारको क्रममा भारतको हरीयाणास्थित मेदमन्त अस्पतालमा उपचार गरीरहेका छन् ।

amber

बरीष्ठ संगीतकार गुरुङको  साथमा छोरी अल्का तथा छोरा राजु रहेका छन् । उपचार सुरु भएको चरण बाट नै गुरुङ्गले हिँडुल गर्न सक्ने क्रियाकलापहरुमा फर्केका बताईएका छन् । बरिष्ठ संगीतकार गुरुङको  उपचारका लागि मेदमन्त अस्पतालमा अन्कोलोजि र डाईजेस्टिभ युनिटका डा. अशोक बैद्य र डा. रनधीर सुद संलग्न रहेका छन् । उपचार गर्न थालेको दुई सातामै करीब दश लाख खर्च भईसकेको हुनाले खर्चमा कठिनाई आईपरेको हो । मेदमन्तको निकै महँगो उपचार थेग्न नसकीरहेको अवस्थामा अर्थिक सहयोग गर्ने ईच्छा पनि देखाईराखेका छन् ।
नेपालको आधुनीक संगीतका बरीष्ठ संगीतकार तथा गणतन्त्र नेपालको राष्ट्रगानका संगीतकार गुरुङ्ग यसअघि नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति थिए । त्यस्तै नेपाली सेनाले आफ्नो सैनिक गानको रुपमा प्रयोग गर्दै आएका रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो… गीतलाई पनि अम्बर गुरुङले नै संगीत दिएका हुन् ।

ambar-gurung-musician-

संगितज्ञ अम्बर गुरुङ लाई अर्थमन्त्रि बिष्णु पौडेलले पनि उपचारमा सहयोग गर्ने बताएका छन् । भ्रमणको क्रममा भारत पुगेका अर्थमन्त्रि पौडेलले नेपाल फर्केपछि सहयोगको बारेमा टुङगो लगाउने आश्वसन दिएका छन् । तिन महिना यता ठोस खाने कुरा खान र पचाउनमा समस्या देखिएपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारार्थ राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV