
राष्ट्रीय भाबना बोकेका गितहरुलाइ स्ट्रीङको माध्यमबाट बिशेश शो गरीने भएको छ ।ऋषि पन्चमीको दिन महर्षी स्कुलमा पैतिस भन्दा बढि संगितका साधक हरुले राष्ट्रीय गितहरुलाइ प्रस्तुत गर्न लागेका हुन ।कार्यव्रmममा सहभागिता जनाउने कलाकारहरुलाइ अहीले नारायण गोपाल संगित प्रतिष्ठानका भायोलियन प्रशीक्षक राज कुमार श्रेष्ठले प्रशीक्षण गराइ रहेका छन ।
बिहानीको झिसमीसे संगै शुरु हुने प्रशीक्षणमा युवाहरुको सहभागिता देखेर उनि उत्साहीत छन । अरकेष्ट्राको माध्यम बाट राष्ट्रीय भाबना लाइ दर्शक सामु प्रस्तुत गर्न बालक देखी युवा सम्मको सहभागिता देख्न सकिन्थ्यो।
बरीष्ठ संगितकार अम्बर गूरुङ र स्वर सम्राट नारायण गोपाल दुबैको चाहना देशमा अरकेष्ट्राको बिकास होस भन्ने थियो ।जुन चाहना लाइ पुरा गर्न नारायण गोपाल संगित प्रतिष्ठानका प्रशिक्षक राज कुमार श्रेष्ठ जुटी रहेका छन ।