२७ माघ २०७२, बुधबार

नेपाली नायक बलिउड फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको सायद यो नै पहिलो पटक हो । दुई महिना अघिदेखि नै बलिउडमा जाने चर्चा चलेसँगै अन्तत नायक रेश मरहट्ठा बलिउड फिल्ममा अभिनय गर्दैछन् । हिन्दी फिल्म ‘पारानर्मल’ मा उनको मुख्य भूमिका रहेको छ, । उनी उक्त फिल्मको सुटिङका लागि एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा छन् ।
res 1

res 2

सा‌केतन फिल्म्स प्रा.लिको ब्यानरमा बनिरहेको फिल्म पारानर्मलमा रेशका अलावा राजवीर सिंह, प्रीत कमल, नीता सेट्टी, चन्दन रोय, सोनाली राउत र डेन्जिल स्मिथ लगायत कलाकारहरुको अभिनय रहेको छ । नयाँ बन्न लागेको यो फिल्म हरर र एक्सन थ्रिलर हुने जनाइएको छ । फिल्मको निर्देशन सञ्जय शर्माले गरेका छन् । उक्त फिल्म यसै वर्षको अन्त्य तिर हुने बताइएको छ ।
res 3

ress 4

‘नेपाली चलचित्रमा लामो समय भयो अभिनय नगरेको तर अचानक बलिउड फिल्ममा अफर आउँदा निकै खुसी लाग्यो, नायक रेशले भने । यसअघि हलिउड फिल्म ‘इन्डेन्जर्ड’मा समेत रेशले मुख्य भूमिका निभाएका थिए । नेपाली चलचित्र ‘पिंजडा’, ‘चाहन्छु म तिमीलाई नै’, ‘काठमाण्डु’, ‘मेरो जीवन साथी’, ‘मिसन पैसा रिलोडेड’ जस्ता चलचित्र रेशका सफल चलचित्र हुन् । “एकदिन बलिउड जान्छु भन्ने आत्मविश्वास थियो तर आज सपना पुरा भयो,’रेशले भने, अब मेरो संघर्षको यात्रा बलिउड तिर पनि हुनेछ, नायक रेशले बताएका छन्।

LIVE TV