२७ माघ २०७२, बुधबार

जर्मनीमा दुई वटा रेल ठोक्किँदा १० जनाको मृत्यु, ५४ घाइते, जर्मन चान्सलर मर्केलद्धारा दुर्घट्नाप्रति दुःख व्यक्त ।

जर्मनीमा दुई वटा रेल आपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ । बाभारिया राज्यको बाड एब्लिङ नजिक रेल ठोक्किएर भएको दुर्घटनामा ५४ घाइते भएका छन् ।

safafa
एक सय किलोमिटर प्रतिघण्टाको गतिमा रहेका दुई वटा रेल आपसमा ठोक्किएको जर्मनीको यातायात मन्त्रालयले जनाएको छ । दुर्घटना भए लगतै उद्दारकर्मी घटनास्थल पुगेका थिए । घाइतेको स्थानीय चार वटा अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । एक जना अझै हराइरहेको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनाको कारण स्पष्ट नभएको तथा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् । चान्सलर एङगेला मर्केलले दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् ।

LIVE TV