२७ माघ २०७२, बुधबार

कोइरालालाई श्रद्धाञ्जली दिन आउनु भएकी भारतीय विदेशमन्त्री स्वराजद्धारा उच्च भेटघाट, नेपालको सुख दुःखमा साथ दिन तयार रहेको भनाई ।

कांग्रेस सभापति सुशिल कोइरालाको निधनमा शोक व्यक्त गर्न काठमाडौं आएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजसहितको भारतीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

sushma-swaraj-super-final-i
भारतीय विदेशमन्त्री स्वराज सहितको भारतीय प्रतिनिधि मण्डलले हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी भेटवार्ता गरेको हो । झण्डै १५ मिनेट भएको भेटमा पूर्व प्रधानमन्त्री कोइरालाको निधन प्रति शोक ब्यक्त गर्दै भारतीय विदेशमन्त्री स्वराजले नेपालको सुख दुःखमा सधैँ साथ दिन तयाररहेको बताउनुभएको थियो । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारत नजिकको मित्रराष्ट्र भएको भन्दै दुःखको घडिमा साथ दिनुलाई सकारात्मक सहयोग र सद्भावका रुपमा लिएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो ।
भेटवार्तामा प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका बारेमा सामान्य चर्चा भएको बताइएको छ । भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबाल, कांग्रेस आईका नेता आनन्द शर्मा, जनता दल यूनाइटेडका अध्यक्ष शरद यादव र भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी पनि सहभागी हुनुहुन्थ्यो । स्वाराज र डोबाल सहित भारतीय सांसद सहितको टोली हिजै राति भारत फर्किएको छ ।

LIVE TV