नेपालगन्ज। पूर्वप्रधानमन्त्री एवम् नेपाली काँंग्रेसका सभापति सुशील कोइरालाको असमायिक निधनपछि बाँके काँग्रेस अहिले शोकमा डुबेको छ ।
कोइरालाको दुःखद निधनपछि उहाँको नेपालगन्जस्थित भाइको घर र पार्टी कार्यालयमा शोक व्यक्त गर्न कार्यकर्ताको घुइँचो लागेको छ । स्व कोइरालाका भाइ विजय, भाइबुहारी किरण र भतिजा सुधांशु आज बिहानको जहाजबाट काठमाडाँैं जानुभएको छ । अन्त्येष्टिमा सहभागी हुन यहाँबाट आज साँझ दुई बसमा कार्यकर्ता काठमाडौँ जाने पार्टी जिल्ला सचिव विजय यादवले जानकारी गराउनुभयो ।
बाँके कांँग्रेसले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । “दोस्रो संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट विजयी सभापति कोइरालाको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ”—राजनीतिक विश्लेषक डा जनार्दन आचार्यको भनाइ छ । रासस