२७ माघ २०७२, बुधबार

काठमाडौं: पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको अत्येष्टि बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

Sushil_Koirala_Dead_Body_Dashrath_Stadium_706665377

बैठकले कोइरालाको अत्येष्टिमा सलामी र तोपको समेत व्यवस्था गर्न रक्षा तथा गृह मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

 

सरकारले उनको निधनमा शोक मनाउन बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा नियोगमा बिहीबारसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय बैठकले गरेको छ ।

 

त्यस अवधिमा कुनै पनि औपचारिक र सार्वजनिक कार्यक्रम आयोजना नगरिने भएको छ ।

 

कोइरालाको निधनमा शोक मनाउन बिहीबार र शुक्रबार पराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली दूतावासमा शोकपुस्तिका राखिने भएको छ ।

 

मन्त्रिपरिषद्ले कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक सन्तप्त परिवार र कांग्रेसप्रति समवेदना प्रकट गरेको छ ।

LIVE TV