
काठमाडौं । महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ‘भेइकल एक्स-रे मेसिन’ राख्न प्रस्ताव गरेको छ ।
आपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा नाका हुदैँ आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिनको प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ ।
यो पस्ताव कार्यान्वयनमा आए राजधानीका नाका प्रयोग गरेर हुने लागू औषध ओसारपसार,सुन तथा रक्तचन्दन तस्करी, अवैध हातहतियार कारोबारलगायत गतिविधि नियन्त्रणकमा मद्दत पुग्ने प्रहरीले जनाएको छ ।
मानवीय प्रक्रियाबाट हुने खानतलासी तथा अन्य अनुसन्धान फितलो र निष्वप्रभावी भएका कारण प्रविधिको प्रयोग बढाउनुपर्ने प्रहरी निष्कर्ष छ ।