२७ माघ २०७२, बुधबार

दुम्जा–३ का कपिल कोइराला मंगलबार मलीन अनुहारमा भेटिए। कर्मठ योद्धाको रुपमा नाम कमाएका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले उनी शोकग्रस्त थिए। दुम्जासँग पुर्ख्याैली सम्बन्ध जोडिएका कोइरालाको अवसानले हरेक दुम्जाबासी दु:खी छन्, यतिबेला। नागरिक दैनिकमा समाचार छ।

120614_-Sushil-Koirala_Reuters (1)

राजनीतिमा उच्च तहमा रहेका कोइराला दुम्जाकै हुन्। उनको पुर्खौली सम्पत्ति अझै त्यहीँ छ। दुम्जाका बोधप्रसाद कोइरालाका पाँच भाई छोरा मध्ये सुशील साइला छोरा हुन्। चाहेजस्तो सुबिधा नहुँदा दुम्जाबाट बसाइँ सरेर मोरङ गएपछि जन्मिएका सुशीलले दुम्जाको विकासनिम्ति थुप्रै परिकल्पना गरेका थिए।

 

‘काठमाडौंबाट झन्डै ८० किलोमिटर बिपी राजमार्ग हुँदै आउन सकिने दुम्जामा उनले गहिरो सम्बन्ध जोड्न सुरु गरेका थिए,कपिलले सम्झदै भने–’हामीलाई पहिले विद्युत विस्तार गरेर दुम्जालार्इ उज्यालो पार्नर् सघाउने प्रतिबद्धता जनाएका थिए। तर, बत्ती नबल्दै निभे सुशील काका।’

 

प्रधानमन्त्री भएपछि कोइराला पुर्खौली घर दुम्जा पुगेका थिए। त्यतिबेला अाफूले पुरै गाउँ घुमाउँदै उनलार्इ पुर्ख्याैली घर देखाइदिएको कपिल बताउँछन्। ‘ढुङगा माटो जडित खरको छानाको घर देख्दा सुशील काका छक्कै पर्नुभयो, उनले भने–’भन्नुभयो यस्तोपो छ मेरो घर।

 

LIVE TV