काठमाडौं: एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ । नेता श्रेष्ठले आफूलाई स्वाइन फ्लु भएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराएका छन् ।
विगत नौ दिनदेखि ज्वरोले थलिनुभएका उपाध्यक्ष श्रेष्ठको प्रारम्भिक परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ¥याल परीक्षणपछि स्वाइन फ्लु भएको खुलेको हो ।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा उपस्थित भएर श्रद्धाञ्जलि व्यक्त गर्न नसकेको भन्दै उनि स्वयम्ले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ‘‘सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु, स्वाइन फ्लुका कारण म बिरामी परें ।’’ चिकित्सकको सल्लाहअनुसार उनि निवासमा नै आराम गरिरहेका छन् ।