२७ माघ २०७२, बुधबार

काठमाडौंः भारतीय विदेशमन्त्री सुस्मा स्वराजले सोमबार मध्यराति निधन भएका कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जी अर्पण गरेकी छन् ।

Sushil_Koirala_India_Shushma_soraj_233412159

फोटो :सुशीलको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्दै सुष्मा स्वराज । तस्बिर : रासस

 

सोमबार अपरान्ह काठमाडौं उत्रेकी उनले सिधै दशरथ रंगाशाल पुगेर श्रद्धाञ्जली व्यक्त गर्दै भारतले नेपालका एक सच्चा मित्र गुमाएको शोकपुस्तिकामा उल्लेख गरेकी छन् ।

 

‘नेपालका पूर्वप्रधानमन्त्री सुुशील कोइरालाजीको दुःखद निधनबाट भारत सरकार, नेतृत्व र जनता मर्माहत छन् । एक प्रतिबद्ध नेता सुशीलजी सादा जीवन उच्च विचारका हुनुहुन्थ्यो’, उनले शोकपुस्तिकामा लेखेकी छन्, ‘नेपालको जटिल राजनीतिक संक्रमणकाल कोइरालाजीकै नेतृत्वमा सफलतापूर्वक सम्पन्न भयो । भारत सरकार, नेतृत्व र जनताका तर्फबाट हामी हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छौँ । हामीले एक सच्चा मित्र गुमाएका छौँ ।’ -अन्नपुर्ण पोष्ट

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV