
काठमाडौं – कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यलाई उच्च रक्तचापका कारण मस्तिष्क घात भएको पुष्टि भएको छ । मस्तिष्क घातकै कारण नेता आचार्यको शरीरको दायाँ भाग चलेको छैन ।
उनको चेत खुले पनि बोली फर्कन नसकेको उपचारमा संलग्न न्युरोलोजिस्ट डा. उपेन्द्र देवकोटाले बताए ।
‘उहाँले आँखा खोल्नुहुन्छ । सबै कुरा थाहा हुन्छ तर बोल्न सक्नुहुन्न । उच्च रक्तचापका कारण दिमागको बोल्ने केन्द्रमा जोडिएका रगतका नसालाई असर पुग्दा उहाँ बोल्न नसक्नुभएको हो ,’ न्युरो इन्ष्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सेसका डा. देवकोटाले भने, ‘रगतको थेग्रो पग्लिएर गयो भने उहाँ बोल्नुहुन्छ भन्ने आशा छ ।’
‘सामान्यतया उच्च रक्तचापका कारण मस्तिष्कको रगतका नसा फुटेर वा बन्द भएर मस्तिष्क घात हुने गर्छ । आचार्यको उच्च रक्तचापका कारण रगतका नसा फुटेपछि मस्तिष्कघात भएको पाइएको छ,’ उनले भने, ‘त्यसैले हामीले उपयुक्त उपचार प्रक्रिया अघि बढाएका छौं । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।