२७ माघ २०७२, बुधबार

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधन निमोनियालगायत रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् ।

sushil

कोइरालाको उपचारमा संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ प्रा.डा. करवीरनाथ योगीका अनुसार मुख्य रुपमा निमोनियाले गर्दा कोइरालाको निधन भएको हो । कोइरालालाई ५ साता अघिसमेत रुघाखोकीको समस्या देखिएको थियो । ४ साताअघि निमोनिया भएपछि एन्टिबायोटिकले उपचार गरेर नियमित अक्सिजन दिइराखिएको थियो । डा. योगीले कोइरालाको मृत्युको कारकमा दमको तीव्र प्रकोप, सामुदायिक कारणले हुने निमोनियाले गर्दा भएको श्वासप्रश्वाससम्बन्धी असफलता, क्षयरोग, विकिरण उपचारले हुने पोस्ट रेडियसन फाइब्रोसिस र फोक्सो खुम्चिने समस्यालगायत रहेको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV