
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले गतिलो साथी गुमाउन पुगेको बताएका छन् ।
कांग्रेसका सभापति समेत रहेका कोइरालाको सोमबार राति १२ बजेर ५० मिनेटमा निधन भएपछि ट्वीट गर्दै मोदीले नेपालले ठूलो नेता गुमाएको बताएका छन् ।
उनले सुशीलको निधनले आफू स्तब्ध भएको बताउँदै उनीबाट सबैले सरल जीवन जिउन सिक्नुपर्ने उल्लेख गरेका छन् । मोदीले सुशीलको निधनको शोकको घडीमा उनको परिवार, नेपाल र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् ।