२६ माघ २०७२, मंगलवार
  • यादव देवकोटाकाठमाडौँ । नेपाली कांग्रेसको गोर्खा जिल्ला पार्टी सभापतिमा नेता हरि बहादुर घले निर्वाचित भएका छन्। जिल्ला सभापतिको लागि सोमबार भएको निर्वाचनमा घलेले गोर्खा जिल्लाकै जुझारु नेताहरु किरणबावु श्रेष्ठ र ईश्वर पाण्डेलाइ भारि मत अन्तरले पराजित गरेका छन्।

    मध्य रातमा भएको मतगणनामा कांग्र्रेस सभापतिमा हरिबहादुर घलेले ३७३ मत किरणबाबु श्रेष्ठले १५५, ईश्वर पाण्डेले १२९ र फणिन्द्र धितालले ५७ मत प्राप्त गरेका थिए । त्यस्तै सचीवमा पूर्ण दाहाल र कोषाध्यक्षमा कृष्णबहादुर आले निर्वाचित भएका छन् । जिल्ला कार्य समितिका लागि भएको निर्वाचनमा केन्द्रिय सदस्य द्वय कमला पन्त र सुरेन्द्र पाण्डेले भने मतदानमा सहभागी जनाएनन् ।

     

    ghale

    फोटो : यादव देवकोटा 

LIVE TV