
काठमाडौंः सोमबार राति निधन भएका कांग्रेस समापति सुशील कोइरालाको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि कांग्रेस केन्द्रिय कार्यालय सानेपामा राखिने भएको छ ।
सानेपामा दिनभर श्रद्धाञ्जलीका लागि राखिएपछि सुशीलको पार्थीव शरीलाई अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
कांगेस महामन्त्री प्रकाशमान सिंहका अनुसार पार्टी सभापतिको निधन भएपछि बिहान ११ बजेका लागि कांग्रेस केन्द्रिय समितिको आवस्मिक बैठक बोलाइएको छ ।
सभापति कोइरालाको निधनको शोकमा नेपाली कांग्रेसले १३ दिन सम्म शोक मनाउने निर्णय गरेको छ ।
त्यस्तै फागुन २० बाट २३ सम्म हुन लागेको महाधिवेशनका सम्पूर्ण कार्यक्रमहरु चैत ३ सम्मका लागि स्थगित गरिएको छ ।
महामन्त्री सिंहका अनुसार हाल जारी जिल्ला तथा क्षेत्रिय अधिवेशनका सम्पूर्ण कार्यक्रम पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएका छन् ।