
सुशीलदाको निधनले आहत कांग्रेस नेता नरहरी आचार्य कोइराला निवासमा नै बेहोस, न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचार हुदैं ।
नरहरि आचार्य अस्वस्थ
सुशिल कोइरालाको निधन भएको थाहा पाएपछि आज बिहान झिसमिसमै कोइराला निवास महाराजगन्ज पुग्नु भएका कांग्रेस नेता नरहरी आर्चाय अस्वस्थ हुनु भएको छ । कोइराला निवासमा बेहोस भएपछि उहाँलाई न्युरो अस्पताल भर्ना गरिएको छ ।

कोइरालाको पार्थिव शरिरमा श्रद्धान्जली दिएपछि नेता आचार्य उपस्थित काग्रेस नेताहरुसँग छलफलमा बस्नुभएको थियो । छलफलबाट बाहिर आएर प्राङ्गणमा करिव १५ मिनेटसम्म उपस्थित संचारकर्मीहरुलाई कोइरालाको निधन तथा कोइरालाले नेपाली राजनीतिमा गरेको योगदानबारे प्रतिक्रिया दिनुभएको थियो । बोलिसकेपछि कोइराला निवासको प्राङगणबाट बाहिर निस्कने क्रममा आर्चाय बाटैमा लडनु भएको थियो । उहाँलाई तत्कालै उठाएर कार्यकताहरुले सहीद गंगालाल अस्पताल बासबारी लगिएको थियो । गंगालालबाट थप उपचारका लागि उहाँलाई न्युरो अस्पताल लगिएको छ । ०००