२६ माघ २०७२, मंगलवार

दाङ – रामपुर ; बुकाकी लीला घर्तीको ६ दिनको नवजात शिशुमा एकाएक श्वासप्रश्वास समस्या देखियो । शिशुलाई सोमबार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल पुर्याइयो ।

बालरोग विशेषज्ञ छैनन् भन्दै अस्पतालले घोराहीकै निजी गोर्खा अस्पताल रेफर गरिदियो । गोर्खा अस्पतालका बालरोग विशेषज्ञ डा। कुवेरकुमार रेग्मीले उपचार असम्भव भन्दै बाहिर लैजान सुझाव दिए ।

ambulance

नावालकका बाजे हतारिँदै एम्बुलेन्स खोज्न राप्ती उपक्षेत्रीय अस्पताल पुगे । अस्पतालले बुटवलका लागि रेफर लेखिदियो । शिशुलाई एम्बुलेन्स चढाइयो । तर, डिजेल अभावमा एम्बुलेन्स गुड्न सकेन । झन्डै दुई घन्टासम्म तेलका लागि चालक भौतारिए तर जोहो हुन सकेन । नवजात शिशुको एम्बुलेन्सभित्रै ज्यान गयो । आजको नागरिक दैनिकमा खबर छ ।

 

LIVE TV