
यसैबीच, कांग्रेस महाधिवेशनका सबै प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।
सभापति सुशील कोइरालाको निधनसँगै नेपाली कांग्रेसले महाधिवेशनका सम्पूर्ण प्रक्रिया हाललाई स्थगित हुने महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । महाधिवेशन स्थगितको औपचारिक निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।
कांग्रेसको पूर्व निर्धारित निर्वाचन तालिका अनुसार अधिकांश जिल्लामा जिल्ला अधिवेशन हिजो भएको छ भने केही जिल्लामा जिल्ला तथा क्षेत्रिय अधिवेशन आज हुने कार्यक्रम थियो । कोइरालाको निधनसँगै जिल्लादेखि केन्द्र सम्मका निर्वाचन कार्यक्रम हाललाई स्थगित हुने महामन्त्री सिंहले बताउनुभयो ।