२५ माघ २०७२, सोमबार

रत्ननगर (चितवन) । भरतपुरमा श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानकारी दिनुभयो ।

LONDON, DECEMBER 13:  A hunting knife is held by an employee at a film and television prop company December 13, 2004 in London, England. Families of stabbing victims have called on the government to make carrying a knife as serious an offence as carrying a gun, with a minimum five-year jail term for carrying a knife with a blade longer than three inches. (Photo Illustration by Ian Waldie/Getty Images)

गए राति ११ बजे भएको उक्त घटनापछि गम्भीर घाइते भएकी जमुनाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा आज बिहान ज्यान गएको हो ।

घरायसी झगडाका क्रममा श्रीमानले उनलाई दाउराले प्रहार गरी हत्या गरेको पाइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ । रासस

LIVE TV