२५ माघ २०७२, सोमबार

केहि समय अघि नायिका नेहा पुन मगरको बलात्कार पछि हत्या गरीएको आशंकाको आशय खुलेको छ । नायिका नेहाको हत्यामा संलग्न एक जनालाई कास्कि प्रहरीले पक्राउ गरेका छन् । २५ वर्षिय पोखरा न्युरोडका सतिश खड्गीलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेका हुन् ।
3
नेहा र सतिश सँगै रेस्टुराँमा बसेर मादक पदार्थ खाएको र नेहालाई घर पुर्याउने क्रममा एकअर्काबिच भनाभन हुँदा हेलमेटले हानेर हत्या गरेको एस.पि. हरी बहादुर पालले जानकारी दिएका छन् । घटना भएको दिन उनिहरु दुबै जना न्युरोडको रेस्टुराँमा बसि खाना खाएका थिए । त्यहि उनिहरुले माधक पदार्थ पनि सेवन गरेका प्रहरीको भनाई रहेको छ । नेहालाई घर पुर्याउने क्रममा लेकसाईड जान नमानिरहेकी नेहालाई बाईकमा राखी लगेका थिए ।
1

4
कास्किका प्रहरी अनुसन्धान अनुसार बाटोमा नेहा र सतिश बिच विबाद भएको देखिन्छ । सतिशले आफुसँग रातभर बस्न आग्रह गर्दा नेहा नमानेको हुनाले उक्त घटना भएको प्रहरीको भनाई रहेको छ । उनको प्रस्तावमा नेहाले अपशब्द बोलेको हुनाले सतिश आबेगमा आएर हेलमेटले नेहाको टाउकोमा हानि हत्या गरेको सतिशले प्रहरी समक्ष बयान दिएका छन् । सतिशले नेहालाई हेलमेटले हान्नु अगाडि लछारपछार गरेको प्रहरीको अनुसन्धानले बताएको छ ।नेहाको फोन कलको डिटेल्स् अनुसार सतिश पक्राउ परेका हुन् । नेहालाई हेलमेटदे हानेपछि टाउको बाट रगत आएपछि सतिश भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV