२५ माघ २०७२, सोमबार

पछिल्लो समय बास्तबिक जिबन संग मेल खाने फिल्महरुलाइ दर्शकले रुचाइ रहेका छन ।एकातिर दर्शकको स्वाद फेरीदै छ भने निर्माताहरुको आकर्शण पनि यस्ता फिल्म तर्फनै बडिरहेको देखीन्छ ।
ko-afno-poster

 

लामो समय अमेरीका बसाइ पछि नेपाल आइ फिल्म निर्माण र निर्देशनको जिम्बेवारी सम्हालेका निर्देशक अनिल थापाले पनि यस्तै बिषय बस्तुलाइ दर्शक माझ प्रस्तुत गर्ने तयारी गरेका छन ।लामो समय अमेरीका बसाइ पछि नेपाल आएका उनको सोच नेपालमा निरन्तर नेपाली माटो सुहाउदो फिल्महरुको निर्माण गर्नु नै रहेको उनले बताएका छ ।अनिलले को आफ्नो फिल्मको निमाण र निर्देशन गर्दै फिल्म निर्माणको यात्रा पनि शुरु गरीसकेका छन ।एडप्टेड बच्चाको कथा बस्तु लाइ को आफ्नोले पर्दामा प्रस्तुत गर्नेछ ।फिल्मको कथा बस्तुलाइ रीचा शर्मा,सुवास थापा,सुसाङ्क मैनालि,मेनुका प्रधान,राजन खतिवडा लगायत कलाकार मार्फत पर्दामा प्रस्तुत गरीएको छ ।अनुभबि छाँयाकार शैलेन्द्र डी कार्कीले फिल्म छायाङ्कनको जिम्बेवारी सम्हालेका छन ।मोर्डन युवतीको रुपमा फिल्ममा अभिनय गर्दै आएकी ऋचा शर्मा लाइ को आफ्नो फिल्ममा पुरै गाउले परीरन र लवजमा देखीन्छ ।फिल्मले युनिटले अमेरीकाको बिभिन्न सहरहरुमा गरेको प्रिमीयर शो बाट प्रशंशा बटुलि सकेको छ ।फिल्मले नेपालमा पनि सेन्सर बोर्ड बाट युनिभर्सल सर्टीफिकेट पाइ सकेको छ ।फिल्म यही आउदो फागुन सात देखी प्रदर्शन हुदैछ ।

LIVE TV