
गोर्खाली युवाहरुले आफ्नो आत्मारक्षा गर्नका लागि खुर्पा बोक्ने कथामा आधारीत निर्माण भएको फिल्म खुर्पा ले प्रोमो तथा भिडियो सार्वजनिक गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण पक्षले उक्त फिल्मको प्रोमो तथा भिडियो सार्वजनिक गरेका हुन् । माता पाथिभारा फिल्मस् प्रा.लि.को ब्यानरमा हस्त लिवाङ्गले खुर्पा फिल्मलाई निर्माण गरेका हुन् । फिल्मको प्रोमो तथा भिडियो सार्वजनिक कार्यक्रमलाई खुर्पा फिल्मका कलाकार तथा अन्य कलाकारहरुका साथै पत्रकारहरुले साथ दिएका थिए, तर यसै फिल्मका नायिका सुष्मा अधिकारी भने देखिनन् । खुर्पा फिल्म पुर्ण रुपमा नारी प्रधान र एक्शन फिल्म भएको निर्माता लिवाङ्गले बताएका छन् ।
खुर्पा फिल्मले नारि र खुर्पाबिचको सम्बन्ध देखाउने प्रयास गरेको छ । यसै फिल्मका कलाकार लक्ष्मि गीरी पनि फिल्म नारी प्रधान रहेको बताउँछिन् । फिल्म अत्यन्त राम्रो बनेको र यस फिल्मले गाउँ र शहरको बास्तबिक बुहारीहरुको कथाबस्तुलाई प्रस्तुत गर्ने पनि बताउँछिन् ।
अहिले एक्सन नायकको नामले परिचित नायक सबिन श्रेष्ठले फिल्म खुर्पामा पनि एक्शन भुमिकामा नै अभिनय गरेका छन् । यस फिल्ममा सबिन श्रेष्ठका साथै पुष्पा लिम्बु,रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रबिन्द्र खड्का, लक्ष्मि गीरी, सिमान्त उदास, पुष्प श्रेष्ठ उपासना नेम्वाङ्ग लगाएतले अभिनय गरेका छन् ।फिल्मलाई किशोर सुब्बाले लेखन तथा निर्देशन गरेका छन् । त्यस्तै कुमार बखतीको छायाँकन,समिर मियमको सम्पादन,शंकर महर्जनको द्धन्द, र गोबिन्द राईको नृत्य निर्देशन रहेको छ । सह निर्माताको रुपमा बिराज आङ्गदेम्बे,बिशाल थेबे, पदम चोङवाङ तथा सह निर्देशकको रुपमा राजु घिमिरेले काम समालेका छन् । देशभर ६० भन्दा बढि हलहरुमा लाग्ने खुर्पा फाल्गुन १४ गते बाट दर्शकहरमाझ प्रदर्शनमा आउने भएको छ ।