
एजेन्सी: माइक्रो ब्लगिङ ट्विटरमा आक्रामक रुपमा प्रचारबाजी गर्ने इस्लामिक इस्टेट्स ग्रुप(आइसआइएस) विरुद्ध लड्न बिनाकामको आतंककारी समूहको खाता बन्द गरिदिएको छ।
उसले आइएसआइएसलाई सघाउन गम्भीर प्रकृतिको अभियान चलाउएको भन्दै करीब १ लाख २५ हजार जनाको खाता बन्द गरिदिएको हो, आतंककारी समूहको धेरै संख्यामा रहेको उक्त खाता ट्विटरले पहिलो पटक बन्द गरेको हो। उसले सन् २०१५को मध्यदेखि अहिलेसम्म सञ्चालनमा आएको गम्भीर प्रकृतिको ट्विटर अनलाइन खाता बन्द जनाएको छ। बन्द गरिएको सो खाताबाट प्राय आइएससँग सम्बन्धित सन्देश, विचार र अभिव्यक्ति रहेकाले प्रोपागान्डा गर्ने विरुद्ध यो कदम चाल्नु नीति आवश्यक रहेको बताएको छ।
यस्तै ट्विटरले सामाजिक उत्तरदायित्वको जिम्मेवारी नलिने र हिंसा फैलाउने खालका वक्तव्य दिने आतंककारी समूलाई नजिकबाट नियालेर पूर्ण रुपमा बन्द गर्ने औपचारिक नीति लिएको छ। उसले भनेको छ, ‘हामीले ट्विटरमा राखिएका हिंसा फैलाउने खालका अभिव्यक्ति, विचार वा अभियानलाई निरुत्साहित गर्दै खातालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छौ। यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं।’