२५ माघ २०७२, सोमबार

यी हुन निमोनियाका लक्षणहरु

निमोनिया भएको बच्चालाई ज्वरो धेरै आउने गर्छ ।

nimonia

श्वास फेर्न गाह्रो हुने र चाँडोचाँडो श्वास फेर्ने हुन्छ ।हान्ने गर्दछ ।
साधारणतया बच्चालाई रुघा लागेको तीन दिनपछि मात्र निमोनिया सुरु हुनसक्छ ।

कडा निमोनिया भएको बच्चाले आमाको दूध खान सक्दैन ।

त्यसैगरी, खाना खान नसक्ने हुन्छ ।

कुपोषण तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा निमोनियाको संक्रमण बढी हुन्छ ।

रुघाखोकी आफैँ ठीक हुन्छ।

धेरैजसो रुघाखोकी ६ देखि सात दिनमा ठीक हुन्छ । सामान्य ज्वरोको औषधिबाहेक अन्य घरेलु उपचार गर्दा निको हुन्छ । तर, निमोनिया लागेको शंका लागेमा तत्काल चिकित्सकलाई देखाई एन्टिबायोटिक अनिवार्य लिनुपर्छ ।

यी १२ कुरामा ध्यान दिऔं बच्चालाई निमोनियाबाट जोगाऔं

बच्चालाई केही खुवाउँदा हात धोएर मात्र खुवाउने गर्नुपर्छ ।

जन्मिएको ६ महिनासम्मको शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ ।

६ महिनामाथिको बच्चा छ भने ठोस आहारसँगै आमाको दूध खुवाउनुपर्छ ।

निमोनियाबाट बचाउन शिशुलाई सरकारबाट दिइने सबै प्रकारका खोप लगाउनुपर्छ ।

धेरै भिडभाड हुने स्थानमा बच्चालाई धेरै बेरसम्म राख्नु हुँदैन ।

बच्चाको नजिक कहिल्यै पनि धूमपान गर्न हुँदैन ।

कोठामा राख्दा बच्चालाई न्यानो बनाएर राख्नुपर्छ, तर गुम्स्याउनु भने हुँदैन ।

कोठामा सधैँ भेन्टिलेटर खुला राख्नुपर्छ । जसले बच्चालाई श्वास फेर्न सहज होस् ।

घर र कोठा सधैँ सफा राख्नुपर्छ ।

बाहिर निस्कँदा बच्चालाई संक्रमण नहोस् भनी सावधानी अपनाउनुपर्छ ।

धरैजसो रुघाखोकी घरेलु उपचार गर्दा आफैँ ठीक हुँदै जान्छ । त्यसैले रुघाखोकी लाग्नासाथ एन्टिबायोटिक दिनुहुँदैन।

कडा खालको निमोनिया भएको शंका लाग्नेबित्तिकै बच्चालाई तत्काल अस्पताल भर्ना गर्नुपर्छ ।नयाँ पत्रिका दैनिकबाट साभार-डा. गणेशकुमार राई,वरिष्ठ बालरोग विशेषज्ञ

 

LIVE TV