२५ माघ २०७२, सोमबार

नाकाबन्दी खुलाउने औपचारिक निर्णय गर्न बस्ने भनिएको मधेसी मोर्चा बैठक अझै बस्न सकेको छैन। आइतबार दिउँसो राजधानीमा बस्नेगरी मोर्चा बैठक तोकिएको थियो। मोर्चा आबद्ध चारै दलका अध्यक्षहरु काठमाडौंमै भए पनि उनीहरु छलफलमा जुटेनन्, बरु मोबाइलको स्वीच दबाएर बसिरहे। कान्तिपुर दैनिकमा समाचार छ।

madheshi

असोज ५ देखि ७ सम्म राजविराजमा बैठक गरी नाकाबन्दीको औपचारिक घोषणा गरेको मधेसी मोर्चा नाका खुला भएको घोषणा गर्न भने हच्किएको हो। असोज ७ मा मोर्चाले नाकाबन्दी घोषणा गरेको दुई दिनअघि नै भारतका तर्फबाट नेपाल–भारत सीमा नाका ठप्प भइसकेका थिए। अरु नाका केही सातायता खुकुलो भए पनि वीरगन्ज–रक्सौल नाका शुक्रबारमात्रै खुलेको हो।

 

मोर्चा नेताहरुले नाका खोल्नुअघि भारतले आफूहरुसँग पर्याप्त समन्वय नगरेको, बरु दबाबको भाषा बोलेको गुनासो गरेका छन्। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एकलौटी रुपमा नाका खोलेको भन्दै मोर्चाआबद्ध अरु तीन दल रुष्ट देखिएका छन्। महतोले शनिबार मोर्चा बैठक गरी नाकाबन्दी खोलेको औपचारिक निर्णय गरिने बुधबारै घोषणा गरिदिएका थिए।

 

उच्च स्रोतका अनुसार महतो आउने बैठकमा आफूहरु नआउने चेतावनी मोर्चाकै केही नेताले तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिएका छन्।

 

LIVE TV