२५ माघ २०७२, सोमबार

काठमाडौं – लामो समयपछि शुक्रबारदेखि रक्सौल नाका खुले पनि प्राविधिक कारणले गर्दा तत्काल पर्याप्त इन्धन  असहज हुने नेपाल आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पर्याप्त परिमाणमा इन्धन उपलब्ध गराएमा सातआठ दिनपछि मागअनुसार रक्सौल नाकामार्फत आपूर्ति गर्न सकिने निगमको भनाइ छ ।

Petrol-line

निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार रक्सौल नाका खुले पनि आइओसीले निगमको मागअनुसार इन्धन उपलब्ध गराउने गरी आश्वस्त बनाउन सकेको छैन, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV