
वि.सं. २०७२ साल माघ २५ गते। सोमबार। इश्वी सन् २०१६ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३६ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– औंसी, २०:५७ बजेउप्रान्त प्रतिपदा।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि विभिन्न अवसरले पछ्याउनेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतामै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। स्वास्थ्य कमजोर रहनाले महत्वपूर्ण काम गर्न नसकिएला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि समस्या आउन सक्छ। आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्रिय समाचारले मन खिन्न रहला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मित्रताको बन्धन कसिनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानीको समय छ। काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। (नेपाली पात्रो)