
सामान्य प्रशासन मन्त्री रेखा शर्माले दोहोरो सुविधा लिने उच्च पदस्थ कर्मचारीहरुहरुलाई कारबाहीको दायरामा ल्याउँने वताउनुभएको छ । उहाँले दोहोरो सेवा सुविधाका विषयमा मन्त्रालयले अनुगमन गरी कारबाही प्रक्रियालाई अगाडि बढाउने प्रक्रिया समेत शुरु गरिसकिएको बताउँनुभयो ।आइतबार विहान धरानमा आयोजित पत्रकार भेटघाटका क्रममा मन्त्री शर्माले मन्त्रालयले देशमा कार्यरत सम्पूर्ण निजामति कर्मचारीहरुको तथ्यांक सम्पूर्ण जिल्ला जिल्लाबाट मागिसकेको जानकारी दिनुभयो । उहाँले कुनै कर्मचारीले दोहोरो सुविधा लिएर निजामति ऐन विपरीत काम गरेको पाइए कडा कारबाही हुने बताउँनुभयो ।उहाँले अहिले आफ्नो दरबन्दी छाडेर सजिलोको लागि घरपायक काजमा बस्ने कर्मचारीको संख्या उल्लेख्य भएको बताउदै यस्ता विकृति उन्मुलन गर्न समेत मन्त्रालय लागिपरेको बताउनुभयो । समयमै काज फिर्ता नहुने कर्मचारीहरुलाई समेत कारबाही गरिने उहाको भनाई थियो । उहाँले निजामती कर्मचारीको सबैभन्दा ठूलो समस्या काजमा बस्ने र कतिपयले काज धेरै बसेकै कारण आफ्नो कार्यक्षेत्र समेत भुल्ने गरेको बताउँनुभयो । हालसम्म ३ सय ८४ जना कर्मचारीलाई काज फिर्ता गरिसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी शर्माओलीले हावाबाट विजुली निकाल्ने र घरघरमा ग्यासको पाइप पु¥याउने अभिव्यक्ति ठाउठाउमा दिइरहेको सन्दर्भमा मन्त्री शर्माले भने नेपाल जलस्रोतको धनी देश भएकोले हावाबाट विजुली निकाल्नुभन्दा पनि हाइड्रो पावरमै लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।उहाले मधेश आन्दोलनको सन्दर्भ कोट्याउदै अवको केही दिनमा मधेशको समस्या सामाधान भएर जाने दाबी गर्नुभयो । पछिल्लो समय सरकार र मोर्चा दुबै सकरात्मक ढंगले वार्तामा प्रस्तुत भएको समेत उल्लेख गर्नुभयो ।