२४ माघ २०७२, आईतवार

नेपाली फिल्मकर्मिहरुले पछिल्लो समयमा राजनितीक क्षेत्रमा निकै सक्रियता देखाउँदै आईराखेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमा तिन नेपाली फिल्मकर्मीहरु निर्वाचित भएका छन् । जस्मा फिल्मका निर्माता रोज राणाका, आर्का निर्माता मधुकुमार श्रेष्ठका साथै मनिषा कोईरालाका भाई सिद्धार्थ कोइराला रहेका छन् । बलिउड फिल्म अनवर का अभिनेता सिद्धार्थ अहिले अभिनयलाई छोडेर कांग्रेसको राजनीतिमा सक्रिय हुन थालेका छन् । उनि क्षेत्र नं. ४ सुनसरी जिल्लाको मधेशा गाबिसबाट क्षेत्रिय प्रतिनिधि निर्बाचित भएका छन् ।

now_2

बि.पि.कोईरालाका नाति हुन् सिद्धार्थ । उनले फिल्म मेघामा अभिनय पनि गरेका थिए । त्यस्तै फिल्मका निर्माता रोज राणा गृहजिल्ला प्युठान र आर्का निर्माता मधुकुमार श्रेष्ठ पनि धादीङ्ग बाट महाधिबेशन प्रतिनिधि निर्बाचित भएका छन् । यो समाचार आउनु भन्दा पहीले पनि रेखा थापाले एमाओबादिमा पार्टि प्रबेश गरेकी थिईन् । नायक भुवन केसि पनि एमाले पार्टिमा प्रबेश गरी काम गरेका थिए । केहि साता अगाडि मात्र पनि बाबुरामको नयाँ शक्तिमा करिस्मा मानन्धर, सरोज खनाल लगाएतका फिल्मकर्मीहरु पार्टि प्रबेश गरेका छन् । समय परिवर्तन सँगै फिल्मकर्मिहरुको राजनितिक क्षेत्रमा सक्रियतामा पनि बृद्धि भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV