२४ माघ २०७२, आईतवार

बलात्कारपछि हत्या गरिएको भनिएकी चेली नेहा पुनः को पक्षमा अभिनेत्रीहरुले शनिबार साँझ माईतिघर मण्डलामा द्विप प्रज्वलन गरेका छन् । अभिनेत्री प्रियंका र ऋचाले आजको नेहा पुनः भोलीको जुनकुनै नेपाली चेली आफु पनि बन्न सक्ने भन्दै दोषीलाई कारबाही नगरेसम्म र यो प्रकारको घटना दोहोरिन नदिनको लागी सरकारी स्तरबाट पहलकदमी हुनपर्ने धारणा राखे ।
neha pun 2
प्रियंकाले त ‘मृत्युदण्ड’ दिँदा मान्छेहरु झस्किन्छन् र यो प्रकारको घटना नदोहोरिने वातावरण बन्छ भने त्यो प्रकारको कारबाही दिन पनि सरकार राजी हुनुपर्ने सम्मको संकेत गरिन् । ‘वि क्यान गीभ डेथ पेनाल्टी’ प्रियंका बोलिन् । मैनबत्ती बोकेर पुर्व मिस नेपाल मल्भिका सुब्बादेखी बर्तमान मिस नेपाल ईभाना मानन्धरसम्म तथा अभिनेत्रीहरु प्रियंका कार्की, झरना थापा, नन्दिता केसी, आना शर्मा दिपाश्री निरौला, रिमा विश्वकर्मा,सँगै निर्माता निर्देशकहरु समेत कार्यक्रममा सहभागी हुँदै नेहाको पक्षमा उभिए । उपस्थित सबैको एक स्वर दोषीलाई तत्काल पत्ता लगाई कानुनी कारबाहीको माग थियो । आफुहरुले सुरु गरेको अभियान प्रभावकारी बन्नेमा उनिहरुको आशा छ । त्यस्तै अभिनेत्री ऋचाले पनि कानुन नै शसक्त नभएसम्म यो प्रकारको घटना घटिरहने भन्दै समस्या समाधानको लागी कानुन नै बलियो हुनपर्ने धारणा राखिन् ।

LIVE TV