२४ माघ २०७२, आईतवार

 

नेपालमा हिन्दु धर्माबलम्बीहरुले चाडवाड र पर्व अनुसार भिन्न भिन्न देवी देवताको माटोको मुर्ति प्रयोग गर्ने गरेकाले मुर्ति पेशाबाट धेरैले राम्रै आम्दानी गर्दछन् । मुर्तिकारहरुलाई सरस्वती पूजा नजिकिदै जान थालेपछि अहिले तराई क्षेत्रमा सरस्वतीको मुर्ति बनाउने हतारो छ ।हिन्दु परम्परा अनुसार मनाईने चाडवाड र पर्वमा प्रयोग गरिने माटोका मुर्तिहरुको फरक फरक चाडमा विक्री पनि बढ्ने गर्दछ । यसरी मुर्ति बनाएर एक जना मुर्तिकारले एक सिजनमा ४० देखि ५० हजार रुपैया सम्म आम्दानी गर्दछन् । १ हजार देखि ५ हजार रुपैया सम्ममा विक्री हुने यस्ता मुर्तिका लागि चाहिने रंग तथा कपडाहरु भने भारतबाट आयात गर्ने गरिएको छ । मुख्यतया दशैं, दिपावली, छठ पर्व, सरस्वती पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी जस्ता पर्वहरुमा माटोको मुर्ति बनाएर पूजाआजा गर्ने चलन तराईमा रहेको छ । नेपालमा केही वर्ष अघि सम्म भारतीय कारिगरहरु नै आएर मुर्ति बनाउने र विक्री गरेर जाने गरेकोमा अहिले भने यहींका मुर्तिकारहरुले वैकल्पिक व्यवसायका रुपमा मुर्ति पेशा अंगालेका छन् ।

vlcsnap-2349-09-22-07h01m15s362 vlcsnap-3217-11-03-00h43m31s808

 

 

LIVE TV