
अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन पहिलो साता हुने भारत भ्रमणको तयारी स्वरुप अर्थमन्त्री पौडेल आज भारत भ्रमणमा जानुभएको हो ।भारतमा रहदाँ अर्थमन्त्री पौडेलले भारतीय सहयोगमा सञ्चालित विकास आयोजनाहरुको निरन्तरता र पुर्ननिर्माणमा भारतको सहयोगका विषयमा हुने परामर्श बैठकहरुमा सहभागी हुनुहुनेछ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा अर्थमन्त्री पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणले दुृई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताउनु भयो । अर्थमन्त्री पौडेलले पुर्ननिर्माणमा भारतीय सहयोगलाई निरन्तरता र सहयोगका विषयमा पनि छलफल हुने बताउनुभयो ।भारतमा रहदाँ अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र समकक्षी अरुण जेट्लीसँग भेट गर्नुहुनेछ । उहाँहरुसंगको भेटमा दुई मुलुकको समृद्धि र विकासको लागि छलफल हुने अर्थमन्त्री पौडेलले बताउनुभयो ।भारत भम्रणका क्रममा अर्थमन्त्री पौडेलले फागुन ७ मा हुने भनिएको प्रधानमन्त्री ओलीको भारत भ्रमणका कार्यक्रम तय गर्ने सन्दर्भमा छलफल गर्नुहुनेछ ।