
बलिउडका नायिका कट्रिना कैफ र नायक आदित्य रोय कपूर शनिबार जनपथ मार्केटमा सपिङ्ग गरीरहेका थिए । उनिहरु फिल्म फितुरको प्रोमोशनका लागि नयाँ दिल्लि आएका हुन् । यस मार्केटमा प्रायजसो फेशनेबल जोडिहरुले शपिङ्ग गर्दछन् । त्यसोत आदित्य र कट्रिनाले पनि एक अर्काको लागि गिफ्ट किनाकिन गरेका छन् ।
कट्रिनाले एउटा स्कार्फ किनेर आदित्यको घाँटिमा आशिकी २ को स्टाईलमा बेरीदिईन् । त्यस्तै आदित्यले पनि कट्रिनाको लागि गिफ्ट चुन्न निकै समय लगाएर झुम्का किनिदिए । किन भने कट्रिनाको कान रित्तो थियो । त्यस पस्चात उनिहरुले पाश्मिनाको सावल किने । फितुर फिल्म गरीब केटा र धनि केटिबिचको प्रेमकहानीमा अधारीत फिल्म हो । कट्रिना र आदित्यले पहिलो चोटि फितुर फिल्ममा सँगै अभिनय गरेका छन् । फिल्मलाई युटिभि मोशन पिक्चर्सले निर्माण गरेका हुन् । अभिषेक कपुरले फिल्मलाई निर्देशन गरेका हुन् । फेब्रुअरि १२ मा फिल्म रीलीज गरीने बताएका छन् ।