
केहि दिन अघि योरुना पुन (नेहा)को बलात्कार पछि हत्य भएको घटनाले अहिले निकै चर्चा पाएको छ । । यसै क्रममा प्रहरी प्रशासन कार्यलयहरुले पनि अपराधिहरुलाई पत्ता लगाएका छैनन् । चाँडो भन्दा चाँडो अपराधिहरुको पहिचान गरी कार्बाहि गर्न र पिडित परिवारलाई न्याय दिन दबाब स्वरुप नेपाली नायिका तथा कलाकारहरुले माईतिघरको मण्डलामा मैन बत्ति बालेका छन् ।
नायिका ऋचा शर्माले फेसबुक मार्फत आह्वान गरेका दिप प्रज्वलन कार्यक्रममा नायिका प्रियंका कार्की, झरना थापा, आना शर्मा, निशा अधिकारी, रीमा विश्व कर्मा, दिया मास्के, नन्दिता केसि, करीस्मा मानन्धर, दीपाश्री निरौलाका साथै नायिकाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मिस नेपाल ईभाना मानन्धर पनि उपस्थित भएका थिए ।
नायिका ऋचा शर्माले भनेका छन् ‘दोषिले चाँडो सजाय पाओस र पिडित पक्षले न्याय पाउन्, भनेर हामिले आवाज मात्र उठाएका हौं’ । इभाना मानन्धरले भन्छन् की यस्तो कार्यक्रमहरुले मात्र महिला हिंसा नरोकीने हुनाले नेपाल सरकार र प्रहरी प्रसाशन नै चनाखो हुनुपर्ने बताएकी छीन् । नेहा पुन मगरले मगर भाषाको फिल्महरुमा पनि अभिनय गरीसकेकी थिइन् ।