
माघ । भारतलाई विस्तारवादी र अमेरिकालाई साम्राज्यवादीको संज्ञा दिने स्कुलिङमा तीन दशक बिताएका पूर्वएमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो राजनीतिक दिशा परिवर्तन गरेका छन् ।
०५२ फागुन १ गते जनयुद्ध सञ्चालन गर्नुअघि मंसिरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भट्टराईको नेतृत्वमा बुझाइएको ४० सुत्रीय माग र अहिले आफ्नो पार्टीको केन्द्रीय परिषद्का सदस्यहरुलाई गराइएको शपथका दस्तावेजले उनको राजनीतिक दिशा परिवर्तन भएको प्रस्ट देखिएको छ ।
भट्टराईले आफू प्रमुख रहेको पार्टीको मूलमन्त्रलाई छिमेकी मुलुकप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्यमान्यता र सिद्धान्तसहित मित्रवत् व्यवहार गर्ने बनाएका छन् । ‘म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु । म छिमेकी मुलुकहरुप्रति पञ्चशीलका आधारमा सर्वस्वीकार्य मूल्यमान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु,’ शपथ ग्रहण गराइएको २५ नम्बरको बुँदामा लेखिएको छ ।
नयाँ शक्ति नेपालका वरिष्ठ नेता देवेन्द्र पौडलले भने, ‘पहिला अन्तर्राष्ट्रिय गीत गाइन्थ्यो । अहिले आचारसंहितालाई प्रतिबद्धताका रुपमा सुरु गरिएको छ । गाउँतहसम्मका समितिका बैठकमा यही प्रचलन हुन्छ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।