२४ माघ २०७२, आईतवार

खेलकुद चिकित्सा केन्द्रका खेल विशेषज्ञ चिकित्सक डा. राजु महर्जनको नाम काटेर १२औा सागमा असम्बन्धित चिकित्सकलाई सहभागी गराइएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पाटन अस्पतालका डा. नबिसमानसिंह प्रधान, टिचिङकी डा. रक्षा श्रेष्ठ र पोखरामा कार्यरत डा. इन्द्रबहादुर गुरुङलाई भारत लगेको छ ।

sag-game-284x300

ड्राइभर र पालेलाई पनि कोटामा लगियो
खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले सागमा १८ जनाको मेडिकल टिम सिफारिस गरेको थियो । तर, खेलकुद परिषद्ले एक चिकित्सकसहित ६ जनालाई मात्र कोटा दियो । ‘खेलाडीको स्वास्थ्यसँग जोडिएको विषयमा परिषद्ले हेलचेक्रयाइँ गरेको छ,’ अनुसन्धान केन्द्रका एक कर्मचारीले भने, ‘मेडिकल टिमको कोटा काटेर ड्राइभर र पालेलाई लगियो ।’

पिएका छोरालाई भारत लाने प्रयास
खेलकुदमन्त्री सत्यनारायण मण्डलका स्वकीय सचिव कृष्ण केसीले आफ्ना छोरालाई मेडिकल टिमको कोटामा पारेका थिए । चर्को विरोध भएपछि उनको नाम काटियो ।

महिला फिजियोको कोटा नै गायव
सागमा महिला खेलाडी धेरै सहभागी छन् । तर, खेलाडीहरूको थेरापी गर्ने महिला फिजियो टिममा छैनन् । फिजियो लक्ष्मण अधिकारी र श्रील भगतलाई मात्र लगिएको छ ।

डोपिङ टेस्टविनै सागमा सहभागी
अन्तर्राष्ट्रिय प्रतियोगिताअघि खेलाडीहरूको डोपिङ परीक्षण अनिवार्यजस्तै हुन्छ । तर, नेपाली खेलाडी डोपिङविनै प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले अन्तर्राष्ट्रिय एन्टिडोपिङ एजेन्सी (वाडा) को सदस्यता लिएर नवीकरणका लागि ५ हजार डलर तिर्छ । वाडाले पनि एन्टिडोपिङ कार्यक्रमका लागि नेपाललाई २० हजार डलर पठाउने गरेको छ । नेपालले अहिलेसम्म खेलाडीको एकपटक मात्र डोपिङ गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV