२४ माघ २०७२, आईतवार

काठमाडौंवाट नुवाकोटको विदुरतर्फ गईरहेको माईक्रो बस दुर्घटनामा हुदाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी नेपाली सेनाका ५ जवान र चार सर्वसाधारण नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परेका आठ जनाको घटनास्थलमा नै र एक महिलाको भने उपचारको क्रममा काठमाडौं स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

Accident11
काठमाडौंवाट नुवाकोट जिल्लाको सदरमुकाम विदुरतर्फ गईरहेको बढी जसो नेपाली सेनाका जवानहरु चढेको बा १ ज ७५८३ माईक्रो पासाङ ल्हामु राजमार्ग अन्र्तगत मदनपुर गाविसको ३५ किलो भन्ने केउरिनीमा दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयवासी देवेन्द्र गजुरेलले न्यूज २४ लाई जानकारी दिनुभयो । दुर्घटनाबाट घाइते भएकी रामेछाप सुकाजुकी श्रेष्ठको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
शनिवार अपरान्ह २ बजे भएको घटनामा परी १५ जना घाईते भएका छन् । उपचारका लागि काठमाडौं ल्याइएका घाइतेहरुको सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टर लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

LIVE TV