२४ माघ २०७२, आईतवार

पतिसँग सम्बन्धविच्छेद गरेपछि हसुनपुर-४,  भोजपुरकी १९ वर्षीया मनीषा राई भविष्य सुनिश्चित गर्न कतार वा दुवईमध्ये कुनै एक देशमा जान चाहन्थिन्। वेदेशिक राजगार कम्पनीको चक्कर लगाउँदै गर्दा उनी मानव तस्करी गर्ने गिरोहको फन्दामा परिन्। नागरिक दैनिकमा समाचार छ।

iraq-MMAP-md

काठमाडौंको मिराकल म्यानपावर कम्पनीका एजेन्ट बमबहादुर गुरुङले मनीषालाई सित्तै विदेश पठाइदिने प्रस्ताव गरे तर दुबर्इ-कतार होइन, कुर्दिस्तान। सुरुमा इन्कार गरे पनि सबै खर्च एजेन्टलेनै बेहोरिदिने, पासपार्ट बनाइदिने र दुई वर्षमा ११ लाख कमाइ हुने बताएपछि उनी राजी भइन्।

 

गत असोज १३ गने कुर्दिस्तान जान दिल्ली उडेकी मनीषा अहिले इराकमा अलपत्र परेको उनको परिवारले जनाएको छ। एजेन्टले उनलाई पाँच-लाख रुपैयाँमा बेचेको उनीहरुको भनार्इ छ।

 

छोरी इराकमा अलपत्र परेको सुनेपछि अामा तारा र बुबा जयकुमार चिन्तित छन्। छोरीलार्इ उद्धार गरिदिन भन्दै उनीहरु अधिकारबादी संस्था गुहार्न धरान अाइपुगेका छन्।

 

LIVE TV