
सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेका सांसदहरू मैकुलाल वाल्मीकि, अब्दुल हमिद सिद्धिकी, अर्वतआरा खानम र आशा विक पराजित भए । उनीहरू सबै समानुपातिकतर्फका सांसद हुन् । दैलेख २ बाट पूर्व श्रम तथा यातायात राज्यमन्त्री शिवराज जोशी पराजित भए ।
पूर्वसांसद जीवनप्रेम श्रेष्ठ गोरखा १ बाट र दोस्रो संविधानसभा निर्वाचनमा गोरखा २ बाट प्रत्यक्षतर्फ टिकट पाएकी रविकला खनाल पनि पराजित भए । सांसद गीता वाग्ले चितवन ३ बाट पराजित भइन् । पूर्वसांसद हरिनाथ बास्तोला सुनसरी १ मा पछारिए । सांसद तारणीदत्त चटौत कञ्चनपुर ४ बाट पराजित भएका छन् । उनी उपसभापति रामचन्द्र पौडेलका सम्धी हुन् । चितवन ४ बाट पूर्वजिल्लासभापति तोपमानसिंह गुरुङ र पूर्वउपसभापति ऋषि पाण्डे पराजित भएका छन् । चितवन ३ बाट प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठ पनि पराजित भएका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।