
काठमाडौं । छिमेकीलाई फसाउन झूटो उजुरी हाल्ने दम्पती आफैँ फन्दामा परेको छ । रौतहट विश्रामपुर गाविसका डमरी महरा र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १८ गते राति १ बजे विश्रमपुरमा पाँच जनाको नकाबधारी समूहले पति र छोरालाई बाँधी ४५ वर्षीय दलित महिलालाई बलात्कार गरेको खबर प्रहरीमा पुग्यो ।
तत्कालनै घटना स्थल पुगेको प्रहरीलाई उनले आफूलाई घर नजिकैको परालको कन्युमा लगेको, एक जनाले बलात्कार गरेको र प्रहरी टोली आएपछि सबै जना भागेको बयान दिएको आजको नागरिक दैनिकमा समाचार छ ।
त्यसपछि अनुसन्धान थालेको प्रहरीमा उनीहरुले छिमेकी पाँच जनाको नाम किटानी गरे ।
प्रहरीले अनुसन्धान केलाउदै जाँदा प्रहरीले अनुसन्धानमा नसोचेको मोड फेला पार्यो । अनुसन्धान केलाउदै जाँदा आफूहरुलाई चोरी काण्डमा मुछ्ने छिमेकीलाई फसाउन पीडित भनिएकाले नै बलात्कारको झूटो कथा रचेका तथ्य बाहिर आयो ।