
भूकम्पपछि सिथिल बनेको नेपाली फिल्म केही टाउको उठाउने अवस्थामा पुगेको छ । ठूला ब्यानरका फिल्महरु पनि धमाधम निर्माण भइ रिलिजको मिति कुरेर बसेका छन् । आगामी चैत २६ गते टापु फिल्म पनि रिलिज हुँदैछ ।
फिल्म ‘टापु’ले पनि आफ्नो उपस्थिति जोडदार रुपमा गर्दैछ । ठूला ब्यानरमा बनेका फिल्मसँग जुध्न आइ पुगेको ‘टापु’बाट निर्माण पक्षले ठूलो अपेक्षा बोकेको छ । नायक, निर्माता तथा वितरकका रुपमा परिचित करण श्रेष्ठ ‘क्रेजी’ फिल्ममा मुख्य भूमिकामा छन् । ‘टक्कर दुई मुटुको’, ‘सम्झिदिए पुग्छ’, ‘पल्टन’, ‘ओम’, ‘२ दुना ५’, ‘जञ्जिर’ लगायत करिब दर्जन चलचित्रमा अभिनय गरिसकेका करणले ‘टापु’बाट ठूलो अपेक्षा लिएका छन् । ‘टापु’को कथा प्रेममा आधारित छ । करणका साथै फिल्ममा नायिका अमृता माझी, विवश माझी, रीतु माझीको पनि अभिनय छ । कुमार माझीको लगानीमा बनेको फिल्ममा गोबिन्द प्रभातको नृत्य, सन्तोष प्रगाढको संगीत र राजु किराँतको द्वन्द्व रहेको छ ।‘टापु’को छायंकन जोमसोम, काभ्रे, सिन्धुपाल्चोक र पोखरामा गरिएको हो ।फिल्मको निर्देशन सोम कुस्कु माझीले गरेका छन् ।